jivanta-sambandh-book

निःशुल्क स्वास्थ्य परामर्श

प्रिय साथीहरु, 
 

डा. ओम फाउन्डेसनको सहयोगमा आजै देखि वैदेशिक रोजगारीमा घर परिवार छोडेर अफ्ठेरो परिस्थितीमा काम गरिरहनु भएका नेपालीहरुको लागि निःशुल्क स्वास्थ्य परामर्श दिने एउटा सानो प्रयासको शुभारम्भ हँुदैछ । 


हामीलाई थाहा छ, स–साना स्वास्थ्य समस्याको लागि विदेशमा हुँदा कति गाह्रो हुन्छ । त्यहाँ को उपचार निकै महंगो हुनु र  कमाउन गएको मान्छेलाई बिचमै फर्किनु पर्ने भएकोे हुँदा आर्थिक, मानसिक र सामाजिक दुर्घटनाहरु हामीले प्रत्यक्ष रूपमा सुनेका र देखेका छौं । 


आजको दिन सम्म डा. ओम मूर्ति अनिल ले आफ्नो फेसबुक, मेसेन्जर बाट स्वास्थ्य सल्लाह दिदै आईरहनुभएको छ । त्यसमा टेक्निकल जटिलताका कारण धेरै जनाको जिज्ञासा सम्बोधन गर्न नसक्दा पटक–पटक आलोचना पनि खेप्नु परेको छ । 


अतः डा. ओम मूर्ति अनिल कै पहलमा डा. ओम फाउन्डेसन मार्फत अलि फरक र व्यवस्थित ढंगले नेपाली दाजु भाई दिदी बहिनी जो पैसा कमाउने हेतुले वैदेशिक रोजगारीमा छन् उनीहरुको अफ्ठ्यारोमा साथ दिने प्रयास गरेका छौं । 
 

तपाईहरुलाई जुन सुकै स्वास्थ्य समस्या भयो भने हाम्रो वेबसाइटमा आफ्नो समस्या राख्न सक्नु हुनेछ, आफ्नो रोगको पुरानो अवस्था, प्रयोग गरिराखेका औषधी, आफ्नो अम्मल (सुर्ति, चुरोट, रक्सी खाने बानी) र रिपोर्ट वा सम्बन्धित फोटो पनि अपलोड गर्ने सुविधा छ । 
 

संग संगै तपाँइले संक्षिप्तमा अडियो रेकर्ड गरेर, बोलेर हामी कहाँ पढाउन सक्नु हुन्छ ।
 

हामीले तपाँईहरुको उत्तरलाई इमेल तथा ह्वाट्सएपको माध्यमले दिने प्रयास गछौं । क्रमशः अरु माध्यमले पनि यसलाई अझ सहज तरिकाले तपाईहरु समक्ष उत्तर दिने हाम्रो प्रयास हुनेछ । आवश्यकता अनुसार भिडियोकल गरेर (टेलिमेडिसिन पद्दति बाट) तपाँईको समस्यालाई समाधान गर्ने कोशिस गरिन्छ । 
 

अहिले यसलाई एकदमै सानो रूपमा शुरू गर्न गईरहेको कारणले केहि टेक्निकल र व्यवस्थापन कमजोरी पनि हुन सक्ला तर यो कामलाई सबै भन्दा प्राथमिकतमा राखेर अगाडि देखि सोचिराखेको यो हाम्रो योजनालाई अब लागू गर्न गइराखेको छौं । 
 

त्यसैले यो जानकारी सकेसम्म तपाईँका आफ्ना घरपरिवारका कोही मान्छे विदेशमा काम गर्दछन भने उनीहरू समक्ष पुगोस् भनेर सेयर गरिदिनुहोला ।
 

तपाँइको वरिपरि मोवाईल राम्ररी चलाउन नजान्ने व्यक्ति भएमा उसको प्रश्न सोधेर मद्दत गर्न सक्नु हुनेछ । सकेसम्म जति बढी आफ्नो रोगको बारेमा जानकारी (Information) हालिदिनुहुन्छ । त्यति नै हामीलाई सल्लाह दिनको लागि सजिलो हुन्छ ।
 

तल दिइएका लिङ्कहरु थिचेर पनि तपाई प्रश्न सोध्न सक्नुहुनेछ । डा. ओम फाउन्डेसनको फेसबुक पेज लाइक गरेर त्यहाँ भएको वेबसाइट थिचेर तपाई कुनै पनि बेला प्रश्न सोध्न सक्नुहुन्छ । 
 

हामी अहिले सके सम्म कार्यालय समय (विहान ९ देखि साँझ ५ सम्म) प्रश्नहरूको उत्तर दिने प्रयास गछौं र त्यसपछि आएको प्रश्नहरूको उत्तर अर्को दिन सोही समयमा दिने योजना गरेका छौं । 
 

यो काममा सबैजनाको साथ, सल्लाह र सहयोगको आशा गरेका छौं र हामीले पवित्र मनले गरेको काममा केहि कमि कमजोरी भएमा त्यसको लागि उचित सल्लाह र परामर्श को पनि आशा गर्दछौं ।

धन्यवाद ।

परामर्शकोलागि हाम्रो वेवसाईटमा जानुहोस । 

https://www.dromfoundation.com/
 

हाम्रो फेसबुक पेजमा जोडिनुहोला । 

https://www.facebook.com/dromfoundation?mibextid=LQQJ4d