jivanta-sambandh-book

डा. ओम फाउन्डेशन छात्रवृत्ति कार्यक्रम: प्रतिभाशाली र विपन्न विद्यार्थीहरूको लागि सहयोग

डा. ओम फाउन्डेशन छात्रवृत्ति कार्यक्रम: प्रतिभाशाली विपन्न विद्यार्थीहरूको लागि सहयोग

शिक्षा, स्वास्थ्य, सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्न समर्पित डा. ओम फाउन्डेशनले शैक्षिक रूपमा प्रतिभाशाली तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग गर्न छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ। यस पहलका लागि फाउन्डेशनले २० लाख नेपाली रुपैयाँ छुट्याएको , जसले योग्य विद्यार्थीहरूलाई वित्तीय अवरोध बिना अध्ययन गर्न सहयोग गर्नेछ।

छात्रवृत्तिका लागि आवश्यक मापदण्ड

छात्रवृत्तिका लागि योग्य हुन विद्यार्थीहरूले निम्न मापदण्ड पूरा गर्नुपर्छ:

  • कक्षा देखि सम्म अध्ययनरत हुनुपर्छ।
  • सरकारी विद्यालयमा अध्ययन गरिरहेको हुनुपर्छ।
  • निम्न आय भएका परिवारबाट आएको हुनुपर्छ।
  • प्रतिभा मेहनत देखाएको हुनुपर्छ।

आवेदन दिने प्रक्रिया

छात्रवृत्तिका लागि माघ १७ देखि फागुन गतेसम्म समय तोकिएको छ। आवेदनको चौथो चरण पूरा गरेपछि तपाईंको फारम सफलतापूर्वक पेश भएको 'Successfully Submitted' देखिनेछ।
छात्रवृत्ति फारम कसरी भर्ने भन्ने बारे विस्तृत जानकारीको लागि यो भिडियो हेर्नुहोस्:
https://www.youtube.com/watch?v=1AIdmJmLs9M&t=9s

विद्यार्थी, विद्यालय, वा अभिभावकले डा. ओम फाउन्डेशनको आधिकारिक वेबसाइट https://dromfoundation.com/scholarship/ मा गएर छात्रवृत्ति फारम भरी आवेदन दिन सक्नेछन्।

आवश्यक कागजातहरू

आवेदनको लागि निम्न कागजातहरू पेश गर्नुपर्नेछ:

  • विद्यार्थीको हालसालै खिचेको फोटो
  • अभिभावकमध्ये कुनै एक जनाको नागरिकता प्रमाणपत्र
  • विद्यार्थीको परिचय पत्र
  • विद्यार्थीको गत वर्षको लब्धाङ्कपत्र
  • परिवारको आर्थिक सामाजिक अवस्था उल्लेख गरिएको वडाको सिफारिस
  • विद्यार्थीको पदाई तथा अन्य क्रियाकलाप उल्लेख गरिएको विद्यालयको सिफारिस

आवेदन पुनः भर्ने प्रक्रिया

यदि तपाईंले आवेदन फारम बिना आवश्यक कागजातहरूको वा गलत जानकारीका साथ बुझाउनुभएको भने, तपाईं पुनः फारम भर्न सक्नुहुन्छ।

छनोट प्रक्रिया

फाउन्डेशनले प्राप्त आवेदनहरूको आधारमा विद्यार्थीहरूको आर्थिक अवस्था, शैक्षिक प्रदर्शन, अन्य मापदण्डहरूलाई ध्यानमा राखी छनोट गर्नेछ। तपाईंले आवेदन पूरा गरेपछि हामी चयन प्रक्रिया सम्पन्न गरी फोनमार्फत जानकारी दिनेछौं।

छात्रवृत्तिको वित्तीय स्रोत प्रभाव

यो छात्रवृत्ति कार्यक्रम डा. ओम मुर्ति अनिलको पुस्तक जीवन्त सम्बन्धको बिक्रीबाट प्राप्त आम्दानीबाट वित्त पोषित छ। यस पुस्तकबाट प्राप्त रकम शिक्षा, स्वास्थ्य सेवा, सामाजिक कार्यहरूमा खर्च गरिनेछ।

थप सहयोगको अवसर

फाउन्डेशनले आफैँ छात्रवृत्ति प्रदान गरिरहेको भए पनि, थप विद्यार्थीलाई छात्रवृत्ति दिन इच्छुक व्यक्ति वा संस्थाहरूलाई सहयोग गर्न तयार छ। इच्छुक दाताहरूले फाउन्डेशनसँग सहकार्य गर्न सक्नेछन्।

थप जानकारी तथा आवेदनको लागि यहाँ जानुहोस्: https://dromfoundation.com/scholarship/