jivanta-sambandh-book

बाल चित्रकला प्रतियोगिता सम्बन्धी सार्वजनिक सूचना

प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान ‘धुम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ (Smokers are not selfish) सञ्चालन गर्दै आउनु भएको छ ।

विद्यालयस्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला बाल चित्रकला प्रतियोगिता’ आयोजना गरेको छ ।


बाल चित्रकलाका प्रावधान

(क)     चित्रकला धुम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, सेवन कर्ताको परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने किसिमको हुनुपर्नेछ ।

(ख)    बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्नेछन् ।

(ग)     चित्रको आकार ः ए थ्री साइजको कागजमा हातैले कोरिएको हुनुपर्नेछ । साथै चित्र रंगीन वा श्यामश्वेत जुन भए पनि मान्य हुनेछ । तर, कम्प्युटरमा एनिमेसन गरिएका वा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी तयार गरिएका चित्र मान्य हुने छैनन् ।

(घ)    चित्र २०८० माघ २७ गतेभित्र फाउन्डेसनमा आइपुग्नुपर्नेछ । चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा वा कुरियर गरेर पनि कार्यालयको ठेगानामा पठाउन सकिने छ ।

(ङ)    प्रतियोगीले चित्रसँगै आफ्नो नाम, फोटो ठेगाना कक्षा, विद्यालयको नाम, सम्पर्क फोन, इमेल र विद्यार्थी परिचयपत्र स्पष्ट आउने गरी समावेश गर्नुपर्ने छ ।
      
(च)    फाउन्डेसनमा दर्ता भएका चित्र मध्येबाट विज्ञ निर्णायक मण्डलले उत्कृष्ट चित्रको छनोट गर्नेछ । सहभागी मध्येबाट एकजना छात्रा र एक जना छात्रलाई उत्कृट चित्रकारको रुपमा छनोट गरी पुरस्कृत गरिनेछ । पुरस्कृत चित्रकारलाई जनही रू. १० हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।
 
(छ)     पुरस्कार अभियान समापनको दिन फागुन २ गते फाउन्डेसनको कार्यालय, बसुन्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिनेछ ।

(ज)     दर्ता भएका चित्रलाई फाउन्डेसनले जनचेतना मूलक कार्यका निम्ति प्रकाशित गरी प्रयोग गर्न सक्नेछ ।

(ञ)     प्रतियोगिताको अन्तिम निर्णय फाउन्डेनको टिमले गर्नेछ ।