jivanta-sambandh-book

कविता प्रतियोगिता सम्बन्धी सार्वजनिक सूचना

प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान ‘धुम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ (Smokers are not selfish) सञ्चालन गर्दै आउनु भएको छ ।

विद्यालयस्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ आयोजना गरेको छ ।


खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिताका प्रावधान 

(क)    कविता धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक हुनुपर्नेछ ।

(ख)     कविता नेपाली भाषामा रचना गरिएको गद्य वा पद्य छन्दमा २५० शब्दभित्रको हुनुपर्नेछ । पूर्वप्रकाशित वा अरुको रचना साभार गरिएको कविता मान्य हुने छैन ।

(ग)     हातले लेखेको भए सादा कागजमा एकतर्फी स्पष्टसँग लेखेर वा शुद्वसँग नेपाली टाइप गरी २०८० माघ २७ गतेभित्र डा.ओम फाउन्डेसनको इमेलमा आउनुपर्नेछ ।

(घ)     प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनसक्ने छन् । प्रतियोगीले कवितासँगै आफ्नो नाम, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन, इमेल, फोटो र विद्यार्थी परिचयपत्र पनि समावेश गर्नुपर्नेछ ।

(ङ)     डा.ओम फाउन्डेसनमा दर्ता भएका कवितामध्येबाट विज्ञ निर्णायक मण्डलले उत्कृष्ट कविताको छनोट गर्नेछ । साथै दर्ता भएका सबै कवितालाई डा.ओम फाउन्डेसनले प्रकाशित गर्न सक्नेछ ।

(च)    सहभागी ५ जना छात्रा छात्रलाई उत्कृट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । पुरस्कार अभियान समापनको दिन फागुन २ गते डा.ओम फाउन्डेसनको कार्यालय, बसुन्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिनेछ ।

(छ)    प्रतियोगिताबारे अन्तिम निर्णय डा.ओम फाउन्डेसन टिमको हुनेछ ।