jivanta-sambandh-book

हाजिरी जवाफ प्रतियोगिता सम्बन्धी सार्वजनिक सूचना

प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान ‘धुम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ (Smokers are not Selfish) सञ्चालन गर्दै आउनु भएको छ ।

विद्यालयस्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ ।

हाजिरी जवाफ प्रतियोगिताका प्रावधान 

(क)     हाजिरी जवाफ धुम्रपान र सुर्ती सेवनको असरलगायत स्वास्थ्य शिक्षासँग सम्बन्धित हुनेछ ।

(ख)    प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीनजनाको एउटा समूह बनाउनुपर्ने छ । साथै एउटा विद्यालयबाट एउटा मात्रै समूह र एउटा समूहमा एक जना छात्रा अनिवार्य समावेश हुनुपर्ने छ ।

(ग)     प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गतेभित्र डा. ओम फाउन्डेसनको फेसबुक पेजमा रहेको गुगल फर्म भरेर आवेदन दिनुपर्नेछ ।

(घ)    प्रतियोगीले आवेदनसँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन 
(वैकल्पिक नम्बरसहित), इमेल र विद्यार्थी परिचयपत्र स्पष्ट आउने गरी समावेश गर्नुपर्नेछ ।

(ङ)       सहभागीमध्येबाट ३ वटा समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत गरिनेछ ।

(च)       प्रथम पुरस्कार ५० हजार रुपैयाँ नगद, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ । सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

(छ)     प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ ।  आवेदक समूहहरूबीच ‘भर्चुअल’ ¥यापिड फायर प्रणालीबाट प्रतियोगिता सञ्चालन हुनेछ । पहिलो चरणमा प्रदेशगत रूपमा उत्कृष्ट भएका १४ समूह अर्थात् प्रतिप्रदेश २ वटा समूहलाई दोस्रो चरणमा लगिनेछ । छनोट चरण पार गरेका  १४ समूमध्येबाट प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट हुने छन् ।
 
(ज)      प्रतियोगितामा छनोट भएका विद्यार्थीलाई फाउन्डेसनबाट सम्पर्क गरेर सहभागी हुने समय, मिति र अनलाइन लिङ्कलगायतका जानकारी दिइनेछ ।  प्रतियोगिता फेसबुक लाइभबाट प्रसारण पनि हुनेछ ।

(झ)     पुरस्कार फाउन्डेसनको कार्यालय, बसुन्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिनेछ ।

(ञ)     प्रतियोगिताको अन्तिम निर्णय फाउन्डेनको टिमले गर्नेछ ।