jivanta-sambandh-book

विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता

सरस्वती पूजा तथा प्रणय दिवसको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान ‘धुम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन’ (Smokers are not Selfish) सञ्चालन गर्दै आउनु भएको छ । विद्यालयस्तरमा स्वास्थ्य सचेतनामुलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ आयोजना गरेको छ ।  ‘पछिल्ला दिनमा धुम्रपान र सुर्ती सेवन विद्यालयस्तरबाटै शुरू गर्ने घटना बढेको छ । किशोरावस्थाका विद्यार्थीहरू कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिनुपर्ने स्थिति छ । तसर्थ, विद्यार्थीलाई धुम्रपान र सुर्ती सेवन हानीकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य छ ।   डा. अनिलले भन्नुभयो–‘विद्यार्थीमा धुम्रपान र सुर्ती सेवनले स्वास्थ्यमा पार्ने असरबारे चेतना जागृत भयो भने उनीहरू आफूले पनि धुम्रपान र सुर्ती सेवन गर्दैनन् । साथै घर परिवार, आफन्त र साथीभाइलाई पनि सेवन गर्नबाट रोक्न सक्छन् ।’ डा.ओम फाउन्डेसनले सोही उद्देश्यका साथ धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’ आयोजना गरेको डा. अनिलले बताउनुभयो । उहाँका अनुसार कक्षा १२ सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।        डा.ओम फाउन्डेसनले प्रतियोगितामा सहभागिताको लागि सार्वजनिक आह्वानसमेत गरिसकेको छ । नेपाली भाषामा रचना गरिएको कविता गद्य वा पद्य छन्दमा लेखिएको र २५० शब्दभित्र समेटिएको हुनुपर्नेछ ।   पूर्व प्रकाशित वा अरुको रचना साभार गरिएको कविता मान्य नहुने उल्लेख गर्दै कविता २०८० माघ २७ गते भित्र फाउन्डेसनको इमेलमा पठाउनु पर्नेछ । प्रतियोगीले कवितासँगै आफ्नो नाम, विद्यालयको नाम र ठेगाना, सम्पर्क फोन, इमेल, फोटो विद्यार्थी परिचयपत्र समावेश गर्नुपर्ने छ । फाउन्डेसनमा दर्ता भएका कविता मध्येबाट विज्ञहरूको निर्णायक मण्डलले उत्कृष्ट कविताको छनोट गरी पाँच जना छात्रा छात्रलाई उत्कृट रचनाकारको रुपमा छनोट गरी पुरस्कृत गरिने डा.ओम फाउन्डेसनले जनाएको छ ।   पुरस्कृत रचनाकारलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । पुरस्कार अभियान समापनको दिन फागुन २ गते फाउन्डेसनको कार्यालय, बसुन्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिनेछ ।  प्रतियोगितामा सहभागी हुँदा कविता हातले लेखेको भए सादा कागजमा एकतर्फी स्पष्टसँग लेखिएको हुनुपर्नेछ वा शुद्वसँग नेपाली टाइप गरी पठाउनुपर्नेछ । साथै दर्ता भएका कवितालाई फाउन्डेसनले प्रकाशित गर्नसक्ने फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता’का प्रावधान  (क)    कविता धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक हुनुपर्नेछ ।   (ख)     कविता नेपाली भाषामा रचना गरिएको गद्य वा पद्य छन्दमा २५० शब्दभित्रको हुनुपर्नेछ । पूर्वप्रकाशित वा अरुको रचना साभार गरिएको कविता मान्य हुने छैन ।   (ग)     हातले लेखेको भए सादा कागजमा एकतर्फी स्पष्टसँग लेखेर वा शुद्वसँग नेपाली टाइप गरी २०८० माघ २७ गते भित्र डा.ओम फाउन्डेसनको इमेलमा आउनुपर्नेछ ।   (घ)     प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनसक्ने छन् । प्रतियोगीले कवितासँगै आफ्नो नाम, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन, इमेल, फोटो र विद्यार्थी परिचयपत्र पनि समावेश गर्नुपर्नेछ ।   (ङ)     डा.ओम फाउन्डेसनमा दर्ता भएका कवितामध्येबाट विज्ञ निर्णायक मण्डलले उत्कृष्ट कविताको छनोट गर्नेछ । साथै दर्ता भएका सबै कवितालाई डा.ओम फाउन्डेसनले प्रकाशित गर्न सक्नेछ ।   (च)    सहभागी ५ जना छात्रा छात्रलाई उत्कृट रचनाकारको रुपमा छनोट गरी जनही १० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । पुरस्कार अभियान समापनको दिन फागुन २ गते डा.ओम फाउन्डेसनको कार्यालय, बसुन्धारा काठमाडौंमा आयोजित कार्यक्रममा वितरण गरिनेछ ।   (छ)    यस प्रतियोगितामा सहभागीहरु मध्ये उत्कृष्ट घोषणा गर्ने अन्तिम निर्णय डा.ओम फाउन्डेसन टिमको हुने छ ।